काडमाडौंः  सिक्किममा हिमपहिरोमा परेर सहकारीको भ्रमणमा नेपालबाट सो स्थान गएका तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ। हिमपहिरोमा परी १३ जना घाइते भएका छन् ।

मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा हिमपहिरो गएको थियो । 

पहिरोमा परेर मृत्यु हुने नेपालीहरुमा पुर्वी चितवनको कालिका नगरपालिका ६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठ रहेको भारतीय सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ज्यान गुमाउने अरू चार जना भने भारतीय नागरिक रहेका छन्।

Fs6hmOyaAAIP_sQ_HmMEoxY3sV-1

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेको बताइएको छ । सिक्किम स्थित अस्पतालमा उपचाररत हुनेहरूमा मनकामना दुग्ध उत्पादक सहकारीका रमेश खनाल, ज्योति गुरुङ र गीता सापकोटा रहेका छन् । 

घाइते १३ जना मध्ये ६ जना अस्पताल मै उपचाररत रहेको डिस्टिक्ट कलेक्टर, सिक्किमले बिज्ञप्तीमा जनाएको छ । मनकामना दुग्ध उत्पादक सहकारीबाट २ वटा बसमा करिब ७० जना नेपाली भ्रमणमा गएका थिए ।

हिमपहिरोमा ५–६ वटा सवारी साधन पुरिएको आशंका गरिएको छ । चीनसँग सिमाना जोडिएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकाहरुमध्ये एक हो । पर्यटकीय गन्तव्य रहेको यो क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।