इटहरीः गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले एकल महिलाबाट जन्मेको तर पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता दोहोरो दर्ता नहुनेगरी गर्न अनुरोध गरेको छ । 

देशभरीका ६ हजार ७४३ वटै स्थानीय तहलाई पत्र पठाउँदै बुधबार बिभागले विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चा सहित पतिको ठेगानामा संगै बसेको भए उक्त बच्चाको मावलीकै थर कायम राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन भनेको छ । 

pangikaran

यस्तै विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एमक महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कामय गरी मावलीकै ठेगानामा आमालाई सुचक राखि जन्मदर्ता गरिदिन भनेका छ भने यस्तै अवस्थामा जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा पहिलेको जन्मदर्ता रद्ध गरी नियमानुसार अर्को जन्मदर्ता गराउन स्थानीय तहलाई भनिएको छ ।