काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हितमा काम नगर्ने सिंहदरवार अरु नै पालिकामा सार्न आग्रह गरेका छन् ।
केही मिनेट अगाडि आफ्नो समाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै मेयर साहले सो आग्रह गरेका हुन् ।
उनले फेसबुक स्टाटसमा भनेका छन–‘कि काठमाडौंको हितमा काम गर्नुहोस ,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।’
उनले सिंहदरवार अरुनै पालिकामा सारे पनि आफु र काठमाडौं बासीलाई कुनै आपत्ती नहुने बताएका छन् । उनले भनेका छन–‘चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।’
उनले आफ्नो फेसबुक स्टाटसको अन्तिममा भनेकाछन–‘ हामीलाई हाम्रो सम्पदा, सँस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।’
काठमाडौं महानगरका मेयर साहले एकपछि अर्को स्टाटस फेसबुकमा लेख्न थालेपछि सिंहदरवारमा बस्नेहरु र मुख्य राजनितिकदलका नेताहरुमा तंरङ फैलिएको छ । पछिल्लो पटक आज उनले पोष्ट गरेको स्टाटसले यतिबेला सिंहदरवार भित्र ठुलै चर्चाको बिषय बन्न पुगेको छ । उनले केही दिन अगाडि काठमाडौंको फोहोर नउठ्नु मुख्य कारक तत्व सिंहदरवार भित्र बस्ने संघीय सरकारको नेतृत् वगर्ने दलका नेताहरु भएको आरोप लगाएका थिए । उनले फोहोर नउठ्नुको १४ कारण समेत पेश गरेका थिए ।