काठमाडौंः राष्ट्रिय सभा सांसद अनिता देवकोटाले राष्ट्रिय गौरबको आयोजनामा सरकारले ध्यान नदिएको टिप्पणी गरेकी छिन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा सांसद देवकोटाले सरकारले राष्ट्रिय गौरबको आयोजनामा चासो नदिएकाले समयमा काम हुन नसकेको बताइन् । सडक, सिंचाई, खानेपानी, पर्यटन र वन क्षेत्रसँग सम्बन्धित आयोजनामा सरकार गम्भिर नभएको उनको तर्क छ ।
उनले भनिन् ‘सडक, सिंचाई, खानेपानी, पर्यटन र वन क्षेत्रसँग सम्बन्धित जस्ता काम गर्न सकिदैन भने राष्ट्रिय गौरवका नामाकरण नगरौँ राष्ट्रिय गौरवका आयोजनालाई नछेक्ने गरी नीति गत रुपमा निर्णय गरेर छिटो छरितो रुपमा सम्पन गर्न काममा सबैको ध्यान जान आवश्यक छ ।’
सरकार आयोजना शिलान्यासको ध्याउन्नमा मात्रै लागेको उनको आरोप छ ।
‘त्यता तर्फ सरकारको ध्यान नगएको मलाई लाग्छ । राष्ट्रिय गौरवको आयोजना भनेकै आफु आयो सरकार आयो राष्टिय गौरवको नामाकरण गरियो राष्ट्रिय गौरवका आयोजना शिलान्यास भयो भन्ने मात्र भयो । ’
तहगत संरचनाबीच समेत राम्रो सहकार्य हुन नसेको उनको ठहर छ । उनले भनिन् ‘आयोजनालाई मन्त्रालय अन्र्तगत समाधान गर्न नसक्नु लाजमर्दो कुरा हो । समन्वय, सहकार्य र अस्तित्वको कुरा गछौ । संविधानमा लिपिबद्ध छौ मन्त्रालय अन्र्तगत सम्वन्ध सुधार्न सक्दैनौ।’
‘अहिले तह गत संरचनाको कुरा गर्दा स्थानीय तह, प्रदेश र संघ छ ।’ उनले भनिन् ‘संघले प्रदेशको अधिकार मिच्यौ भन्ने प्रदेशले स्थानीय तहको अधिकार मिच्यौ भन्ने एकले अर्कालाई अत्यन्त संकीर्ण रुपले हेरिरहेको अवस्था छ ।’