काठमाडौंः  नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकार कसैको पनि कुरा सुन्न तयार नभएको आरोप लगाएका छन् । 

सोमबारको राष्ट्रिय सभा बैठकमा उनले सरकारले आम जनता मात्रै नभइ संसदलाई समेत बेवास्ता गरेको आरोप लगाए । उनले भने ‘ सरकारले संसदको कुरा नसुन्ने, न्यायलयले आफ्नो कार्य क्षेत्र नाघेर निर्णय गर्ने, जनताको कुरा सुन्ने सन्दर्भमा कोही पनि जिम्मेवार नहुने । त्यसैले राष्ट्रिय सरोकार सम्वन्य समितिको जस्तै सबैले समितिले सार्वजनीक गरेको प्रतिवेदन जस्तै सबैले पेश गर्नुपर्ने बेला आएको छ ।’

सरोकारका विषय संसदको एजेण्डमा राखेर कुरा गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । सदनले सरकारलाई दिएको सुझावहरु कार्यन्वयन नगर्ने हो भने देशमा कहिले पनि समृद्धी नआउने उनको भनाई छ ।