काठमाडौंः सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले राष्ट्रिय गौरवका योजनाहरुलाई अझै शसक्त बनाउन सबै मन्त्रालयले वार्षिक प्रतिवेदनहरु बनाउन आवश्यक भएको बताएकी छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ माथि उठेका प्रश्नहरुको उत्तर दिँदै उनले आफ्ना कमी कमजोरी सुधारका लागि सरकार तयार रहेको बताइन् । छलफलमा उठेका विषयलाई सरकारले सकारात्मक रुपले लिएको उनको भनाई छ ।
उनले भनिन् ‘सरकारमा भएको कमि कमजोरी सुधारेर अगाडी बढ्ने सन्दर्भमा सकारात्मक रुपले लिईएको छ । सरकारको सबै मन्त्रालयमा यो कुरा व्यवस्थित ढंगले प¥याउनेछौं । ’
कर्मचारी समायोजनबारे सरोकारवालाहरुसंग छलफल भइरहेको उनको भनाई छ । त्यस्तै उनले संघीय निजामती ऐन सरकारले प्राथमिकताका साथ अन्तिम चरणमा पु¥याएको बताइन् । नेपाल न्यूज बैंक