काठमाडौंः काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । 

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितलाई प्रहरीले त्यसक्षेत्रबाट प्रर्दशनका लागि अन्यत्र जान रोक्ने प्रयास गरेपछि दोहोरो झडप भएको हो । 

सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी रहेका उनीहरुलाइ निगरानी गर्न विहानैदेखि खटिएको प्रहरीले ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि भएको झडपमा ६ जना भन्दा बढी पीडित घाइते भएका छन् । केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिषर टेकुका प्रहरी प्रवक्ता एसपी सिताराम रिजालले, भने ‘पक्राउ परेकाहरुलाई विभिन्न ठाउँमा पठाइएको छ। विवरण संकलन भइहरेको छ । कति पक्राउ परे भन्नेबारे जानकारी आउन केही समय लाग्छ ।’ उनले घाइतेको विवरण भने खुलाएनन् ।

प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ । मिटर ब्याज पीडितले प्रहरीमाथि इट्टा प्रहार गरेका छन् । नेपाल न्यूज बैंक