काठमाडौंः व्यवसायी दुर्गा प्रसाईँले अव्यवस्थित राज्यका कारण नेपाली युवा युवतीले दुख पाएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बाध्यताले विदेशमा गएका ५ हजार भन्दाबढी युवा युवतीको विजोग भएको बताए । सरकारकै कारण उनीहरुको दुःख पाएको तर आफूहरुले उनीहरुको उद्दार गरिरहेको उनको दाबी छ ।
‘व्यवस्थित राज्य नभएर विदेशमा ५ हजार भन्दाबढी युवाहरु जेलमा छन् । अहिले सम्म २७५ जना अलपत्र परेका र ४२ जना जेल परेकालाई नेपाल ल्याइसकेका छौं । नेपालमा सामन्तिहरुको कारणले हाम्रो युवाहरुलाई गुमाउनु परेको छ ।’
युवाहरुलाई यहि देशमा काम गर्ने वातावरण निर्माण गर्न राज्य चुकेको भन्दै उने वर्तमान नेताहरुकै कारण देश पछाडि परेको बताए । देश विकासको लागि युवाहरुलाई परिचालन गर्ने उनको भनाई छ ।