काठमाडौंः  मिटरव्याज पीडितहरुले सोमबार आफुहरुमाथि भएको घटना गृहमन्त्रीको आदेशबाट भएको आरोप लगाएका छन् । 

मिटरव्याज पीडितहरुले गृहमन्त्रीको आदेशबाट नै आफुहरुमाथि लाठी चार्ज भएको भन्दै गृहमन्त्रीको राजीनामा पनि माग गरेका छन् । 

मिटरव्याज पीडित हिमान्सुले नैतिकताहीन व्यक्तिसँग वार्ता सम्भव नभएको भन्दै अब सोझै प्रधानमन्त्रीसँग वार्ता गर्ने बताए । 

उनले भने, हामीसँग झगडा गर्ने र हामीलाई निस्किन नदिने प्रयास थियो, अस्पताल लाने भने प्रहरी कार्यालय लगियो यस्तो कार्य गर्न पाइदैन भन्दा हामीमाथि लाठी चार्ज भयो । हाम्रो घाईते साथी अचेत अवस्थामा पुग्दासम्म पनि हस्पिटल लाने कोशिस भएन । आन्दोलन गरेको होईन भित्र बसेको मान्छेलाई टेन्टबाट निकालेर लाठी हानिएको रहेछ । यो सीधैं गृहमन्त्रीको आदेशबाट भएको भन्ने छ । त्यसकारण हाम्रो माग गृहमन्त्रीको राजीनामा पनि रहेको छ । गृहसँग वार्ता सम्भव छैन् अब प्रधानमन्त्रीसाग हुन्छ। ’


यस्तै अर्को पीडित पुनम महत्तोले आफुहरु राज्यको नागरिक भएको भन्दै राज्यले समान व्यवहार नगर्ने हो भने जे गर्न पनि तयार रहेको बताइन् । उनले हतियार बोक्न राज्यले नै सिकाएको भन्दै माग सम्बोधन नभए हतियार उठाउन पनि तयार भएको चेतावनी पनि दिइन् । 

उनले भनिन‘यो राज्यले हामीलाई खेलौना सम्झेको छ । हामी यो देशको नागरिक हौं । हामीलाई नागरिक मान्दैन भने हामी जे गर्न पनि तयार छौ । गृहमन्त्रीलाई भनेको छु, तपाईले कानमा तेल होलेर जुन बस्नु भएको छ ।  जनताको पीर सुन्नु, हामी पनि हतियार बोक्न तयार हुन्छौ सरकारले नै सिकाएको हो मोर्न मार्न तयार छौ घर फर्किएर जादैनौ । 

उनले युवादेखि वृद्ध सबैमाथि लाठि चार्ज भएको भन्दै आफुहरुलाई घर पठाउनको लागि यस्तो षडयन्त्र गरिएको दावी समेत गरिन् । नेपाल न्युज बैंकबाट

Admission Open NNew