काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसंघ यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनाले शिष्टाचार भेट गरेकी छिन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरुबीच दुईपक्षीय हित र साचोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, समसामहिक विषयका साथै, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताकाबारे समेत छलफल भएको छ ।
भेटमा नेपाल अतिकम विकशित मुलकको तहबाट विकासशील राष्ट्रमा स्तरोन्ति लगायतका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।