काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका निजी चालक शम्भु भनिने दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । 

मंगलबार शम्भुको बारेमा फेसबुकमार्फत अवस्था सार्वजनिक गर्दै सभापति लामिछानेले थापाको अवस्था स्थिर तर सुधारोन्मुख रहेको र चिकित्सक, परिवारजन एवं साथीभाईको सल्लाहमा थप उपचारका लागि काठमाडौं पठाइएको उल्लेख गरेका छन् । 

चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स ( पुरानो मेडिकल कलेज )मा करिब ३६ घण्टा गरिएको उपचारपछि एयर लिफट् गरी थापालाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा लगिएको पनि लामिछानेले जनाएका छन् । 

लामिछानेले थापाको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको टोलीप्रति आभार व्यक्त गर्दै थापाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

Shambu 2

सोमबार बिहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थापाको घाँटीको हड्डी भाँचिएको जानकारी चिकित्सकहरुले दिएका छ्न । उनको अझै होस खुल्न सकेको छैन् । 

चितवन क्षेत्र नम्बर दुईमा बैशाख १० गते हुने उपनिर्वाचनमा लामिछाने उम्मेद्वार छन् । सोमबारको घटना हुन अघि उनीहरु तनहुँको उपनिर्वाचनमा पुगेका फर्किएका थिए ।