काठमाडौंः सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
घरजग्गा कारोबार सहज बनाउन मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।
नियमावली नबनेको कारण कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीले सरकारलाई दबाब दिँदै आएका थिए ।