काठमाडौः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ ।
रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टाइन मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाले नेतृत्व गरेको टोली बुधबार बिहान रुस प्रस्थान गरेका हो ।
रुस प्रस्थान गर्नुअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग अध्यक्ष तिमिल्सिनाले भ्रमणको क्रममा दुइ देशको संसदीय गतिबिधि वारे जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने र संसदलाई प्रभावकारी बनाउने विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम रहेको बताए ।
उनले भने ‘ दुई देशको संसदीय गतिबिधि वारे जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने,संसदलाई प्रभावकारी गराउन एक अर्काबाट सक्ने सपोर्ट गर्ने लगायतका विषयहरु छन् ।
भ्रमणको क्रममा दुवै सदनको प्रमुखहरु सरकारका उच्च अधिकारीहरुसंग, त्यहाँको व्यवसायिक व्यक्तित्वहरु र प्रदेश प्रमुख सहित करिव ९ जना विशिष्ट व्यक्तिहरुसँग भेटघाटको कार्यक्रम पनि रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।
त्यस्तै भ्रमण टोलीमा सहभागी राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली जनताको सदभाव बोकेर जान लागेकोले यस पटकको भ्रमणको धेरै महत्व रहेको बताए ।
उनले भने ,नेपाली जनताको सदभाव बोकेर जादै छौ । नेपाली जनता, नेपाल सरकार ,राष्ट्रिय सभा,संघीय संसदको सदभाव रुसमा गएर व्यक्त गर्नेछौ ।
गौतमले यस्ता भ्रमणले भविष्यमा दुई देशको सम्वन्ध थप विकसित हुने विश्वास पनि व्यक्त गरे ।
भ्रमण टोलीमा अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती, महेशकुमार महरा, शेखरकुमार सिंह, संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र अध्यक्ष तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन् । भ्रमण सकेर टोली वैशाख १२ गते दिउसो ४ः४५ बजे नेपाल र्फकने जानकारी समेत दिइएको छ ।