काठमाडौँः नेकपा (एकीकृत समाजवादी ) का महासचिव घनश्याम भुसालले मुलुकको लोकतन्त्र र चेतनाको पहरेदार अनेरास्ववियू भएको बताएका छन ।
बुधवार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महासचिव भुसालले त्यस्तो बताएका हुन ।
महासचिव भुसालले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्ट पार्टीमा मुसल प्रवृत्ति पैदा भएको भन्दै उनले दुई तिहाइ नजिक रहेको कम्युनिष्ट पार्टीमा दुर्भाग्यवस यदुवंशी मुसल जन्मिएर म र मेरो प्रवृत्तिको विकास भएको बताए ।
ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएकोले समग्र राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेबाट सुरु भएको बताए । महासचिव भुसालले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेको भन्दै नेता भुसालले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिष्पर्धा हुँदा नराम्राहरुले जित्ने सम्मको अवस्था आएको बताए ।
उनले नक्कली पाससोर्टमा दोषी ठहर भएका व्यक्ति सडकमा हिरो भएर हिँडिरहेको टिप्पणी गर्दै अहिलै राजनीति भाँडिएको बताए । पार्टीहरू ‘अहिले कोसँग फुट्छ र को कोसँग मिल्छ भन्न सक्ने अवस्था नरहेको भन्दै कांग्रेससँग मिलेर गठबन्धन गरेर समाजवाद ल्याउने कुरा गर्छौ भनेर हामी आफैंलाई समेत प्रश्न सोध्ने ठाउँ भएको भन्दै अर्कोतिर कम्युनिष्ट पार्टीको झण्डा टाँगेर राप्रपासँग गठजोड गरेर हिँडेको छ । अरु दक्षिणपन्थीहरूसँग मिलेर हिँडेको छ । अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिँगारिएर हिँडेका छन् । उनिहरूसँग गठबन्धन भएको छ । पूजा भइरहेको छ ’ उनले भने ।