काठमाडौः  सांसद लेखनाथ दाहालले आफ्नै देशको काठ  कुहाएर विदेशबाट काठ आयात गर्नु उचित नहुने बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद दाहालले अरबौँको काठको आयातलाई रोकेर देशमै रहेको काठको प्रयोग गर्न उपयुक्त वातावरण बनाउन सरकारलाई आग्रह गरे । 

उनले भने‘ अहिले अरबौँको काठ आउँदै छ भन्ने मैले सुनेको छु । त्यो आउँदै गरेको काठको आयातलाई रोक्नुप¥यो र हाम्रो देशमै रहेको काठको प्रयोग गर्न उपयुक्त वातावरण बनाउन आग्रह गर्छु ।’

सांसद दाहालले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने पनि बताए । उनले सरकारको नीति योजना र बजेट केन्द्रीकरण नभए संसद सांसदहरुको नहुने टिप्पणी गरे । 

341806151_563601952421508_953055380852292017_n

उनले भने‘ संसद जनताप्रति उत्तरदायी हुन्छ र सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ संसद विश्लेषण हो भने, सरकार संश्लेषण हो । संसदमा देशभरिको समस्याको केन्द्रिकरण हामी संसदमा गर्छौ, त्यो समस्याको प्राथमिकीकरण गरेर समाधानका उपाय सहित सरकारले नीति योजना कार्यक्रम र बजेटमा केन्द्रित हुनुपर्छ त्यसो गरियो भने मात्र संसद सच्चारुपमा सांसदहरुको हुन्छ ।’

सांसद दाहालले सांसदहरुको भूमिका संकुचित नबनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।