काठमाडौंः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव भएको बताएका छन् । 

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता खनालले समाजवादी शिक्षा पद्धतिको विकास नभएसम्म विद्यार्थी र देशको विकास नहुने बताए । उनले देशको शिक्षामा भईरहेको व्यापार रोक्दै निशुल्क शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताए । 

उनले भने, जबसम्म समाजवादी शिक्षा पद्धतिको विकास हुदैँन् त्यति बेलासम्म विद्यार्थी र देशको विकास गर्न सक्दैनौ त्यसैले आज जुन प्रकारले शिक्षामा व्यापार चलिरहेको छ, यसलाई रोक्नुपर्छ । शिक्षा व्यवस्था भनेको आम जनतालाई राज्यले निशुल्क रुपमा दिनुपर्छ । जनताको मौलिक हकको कुरा हो । 

नेता खनालले अहिले पुनःउत्थानवादीहरुको धारा देशमा रहेको भन्दै राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट हटाउन जरुरी भएको बताए । 

341806151_563601952421508_953055380852292017_n

‘एउटा पुनःउत्थानवादीहरुको धारा छ, जो नेपाललाई फेरि राजतन्त्रको युगतर्फ, अन्धकार, सामन्तवाद युगतर्फ फर्काउन चाहन्छ, जसलाई विद्यार्थी आन्दोलन भित्रबाट बढार्न जरुरी छ । दोस्रो पुँजीवादी यथास्थितिवादी धारा छ, त्यसले जुन ढंगले २०६३÷०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौँ, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ ।’

उनले देशव्यापी रुपमा पार्टीको संगठनलाई एक्लो पार्ने षड्यन्त्र भएपनि देशको विद्यार्थी सङगठन भित्र चौथो संगठनको रुपमा विजय भएको भन्दै यो एउटा महत्वपूर्ण विजय भएको बताए । 

अहिले विद्यार्थी आन्दोलन देशको समाजवादी आन्दोलनको एउटा अभिन्न आन्दोलन बन्न सफल भएको बताए ।