काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानको सीमा भित्र बसेर ऐन र विधेयकलाई समृद्ध गराउन सचेत रहेको वताएकी छिन् ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक’ माथिको सैद्धान्तिक छलफल पश्चात जवाफ दिदै मन्त्री शर्माले संविधानको दायरा र सीमा भित्र रहि ऐन र विधेयक बनाउने तर्फ गम्भीर भएको बताइन् ।
उनले भनिन‘ संविधानको दायरा भित्र संविधानको सीमा भित्र वसेर ऐन र विधेयकलाई सके सम्म राम्रो र समृद्ध कसरी बनाउने भन्ने सोचिरहेका छौ । ’
आजका दिन म्म आउदा स्वाभाविक ढङ्गमा भ्रष्टाचारका स्वरुप परिर्वतन भएका मन्त्री शर्माको भनाइ छ । उनले यसलाई प्रभावकारी ढङ्गगले नियन्त्रण गर्न ऐन जरुरी भएको पनि बताइन् ।
मन्त्री शर्माले भनिन ‘हाम्रो समाजमा आरोप लाग्ने वित्तिकै त्यो व्यक्ति भ्रष्टचारी भनेर हेर्ने प्रवृति छ भोलि सफाई पाएपनि उस्ले समाजबाट सफाई नपाउने अवस्था छ । अख्तियारले कुनै पनि विषयको वारे छानविन गर्दा व्यक्तिका मर्यादामा, व्यक्तिको निजी जीवनमा र व्यक्तिको प्रतिष्ठामा आँच आउने गरी आरोप लगाइन्थ्यो । तर अब त्यस्तो हुदैन कुनै पनि व्यक्तिका विषयमा अख्तियारले आरोप पुष्टिका लागि आधार तयार गरेपछि मात्र काम थाल्छ ।
अख्तियार सम्बन्धि विधेयकमा तीन तहका सरकारले गर्ने गरेको काम पनि हेर्न पाउने गरी एवं संघीयताको मर्म अनुरुप व्यवस्था गरिएको उनको भनाइ छ ।
उनले संविधान बाहिर जान नसकिने भन्दै संविधानमा जे कुरा व्यवस्था भएको छ त्यहि अनुसार काम गर्न सकिने बताईन । नेपाल न्यूज बैंक