काठमाडौः  मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलनरत किसान र सरोकारवालाले ‘मानवअधिकार मार्च पास’ गरेका छन् । 

काठमाडौंमा भेला भएर निरन्तर आन्दोेलनमा रहेका पीडितहरुले बुधबार शान्तिवाटिकादेखि संसद भवन नयाँ वानेश्वरसम्म मार्च प्रदर्शन गरेका हुन् । मार्चमा उनीहरुलाई नागरिक अगुवा एवं अभियन्ताहरुले पनि साथ दिएका थिए । मार्चमा गत सोमबार पीडितहरुमाथि भएको प्रहरी दमनको विरोधमा बिभिन्न नारा लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए । 


मानव अधिकार मार्चमा सहभागीहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसमेत गरेका छन् । उनीहरुले गृहमन्त्री श्रेष्ठविरुद्ध बिभिन्न नारा समेत लगाएका थिए ।  

मार्चपासमा सहभागी अभियान्ता तथा साहित्यकार सञ्जीव उप्रेतीले वैशाख ४ गते प्रहरीले मिटरब्याजी पीडितलाई अतिक्रमण गरी असाधारण परिस्थिति सृजना गरेकाले आफूहरु मानव अधिकारको ब्यानर लिएर सडकमा आउनु परेको तर्क गरे । 

Photo (3)

महिलाहरुलाई समेत लछारपछार गरी मानव अधिकार हनन गरेको भन्दै उनले आक्रोश पोखे । 

उनले भने ‘असाधारण परिस्थिति भयो भने मात्रै, हामी नागरिक आन्दोलन आफ्नो ब्यानर लिएर अगाडि आउँछौँ । अहिले असाधारण परिस्थिति आयो त्यसैले हामी ब्यानर लिएर अगाडि आउनुपरेको हो । वैशाख ४गते पुलिसले जुन अतिक्रमण ग¥यो । महिलाहरुलाई लछारपछार पनि गरेको छ । यो सबै मानव अधिकार हनन हैन भने के हो प्रश्न गर्नुपर्ने बेला आयो ।’ 

अहिलेको सरकारले चलाख र जवाफदेहिता भएको जस्तो नाटक गर्ने तर  सम्झैतापनि कार्यन्वयन नगर्ने गरेको उनको टिप्पणी छ । 

मार्फपासपछि बानेश्वरमा आयोजित कोण सभामा बोल्ने अन्य अधिकारकर्मीले समेत पीडितको हार भएमा  लोकतन्त्र र मानव अधिकारको समेत हार हुने भन्दै संघर्ष जारी रहेन बताए । 

Admission Open NNew 1