इटहरीः उत्पादनसँग जोडिन नसकेपछि नेपालले छिमेकी राष्ट्र भारतसँग मात्रै आर्थिक बर्षको ९ महिनामा ७ खर्ब ५२ रुपैँया भन्दा बढीको आयात गरेको छ । सबैभन्दा बढी १० देशसँग नेपालको आयातसँग सम्बन्धित कारोबार गरेकोमा भारतसँग सबैभन्दा बढी आयातको कारोबार भएको छ । 

भारतबाट हुने आयात कुल आयातको ६२।७५ प्रतिशत भएको अर्थमन्त्रालयले बताएको छ । यता अर्को  छिमेकी मुलुक  चीनबाट १ खर्ब ६२ अर्बको आयात भएको छ । नेपामा बढी आयात हुने अन्य मुलुकहरुमा इन्डोनेसिया, यूएई, अर्जेन्टिना, मलेसिया, अस्ट्रेलिया, युक्रेन, अमेरिका र कतार छन् ।

यो बर्षको  ९ महिनामा नेपालले १ खर्ब १८ अर्बको निर्यात व्यापार गरेको छ । नेपालले यो अवधिमा १३ अर्ब ९० करोडको सामान अमेरिका निर्यात गरेको छ । त्यसबाहेक नेपालले जर्मनी, बेलायत, टर्की, क्यानडा, फ्रान्स, अस्ट्रेलिया, जापान र इटालीसँग बढी व्यापार गरेको छ ।