काठमाडौंः नेपाली कांँग्रेसका नेता मीनबहादुर विश्कर्माले दलित समुदायकै नेताले गुणस्तर खोज्न नहुने बताएका छन् । 

शक्रबार काठमाडौंमा आयोजित दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको तेस्रो राष्ट्रिय सम्मेलनमा नेता विश्वकर्माले राज्यको प्रमुख निकायमा दलितहरुको  लागि उल्लेखनीय प्रतिनिधित्व हुन नसकेता पनि संविधान र ऐनमा दलित अधिकार समावेश भएको बताए । 

‘दलित समुदायकै नेताहरुले नै गुणस्तर खोज्न थाल्नु हुँदैन् । दलित समुदाय राज्यको कुनै पनि निकायमा उल्लेखनीय संख्यामा प्रतिनिधित्व हुन सकेको छैन् । दलितको कानून नै भएन् भन्ने छ । संविधान र ऐनमा भएको कुरा हेर्दै नहेर्ने अनि कानून भएन भन्ने । ’

दलित समुदायको लागि राज्यले चाहिने जति कार्यहरु गरिरहेको उनको जिकिर छ  । नेता विश्वकर्माले यहाँका दलितको आवाज सुनेर नेपालमा मात्र नभइ अन्य राष्ट्रहरुमा पनि दलित ऐन बनेको दावी समेत गरे ।