काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच संवैधानिक निकायहरुमा रिक्त रहेको पदहरुमा गरिने नियुक्तिको विषयलाई लिएर छलफल भएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भएको भेटवार्तामा संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे छलफल भएको प्रधानमन्त्रीका सहयोगीले जानकारी दिएका छन् ।
दुई नेताबीचको बैठकपछि बाहिरिदा एमाले अध्यक्ष ओलीले भने समसामयिक विषयमा कुराकानी भएको बताए ।
ओलीले प्रधानमन्त्री प्रचण्डसंग भएको भेटवार्ताको बारेमा एमाले संसदीय दलको कार्यालयमा पुगेर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलगायतका नेताहरुसँग छलफल गरेका थिए । प्रमुख सचेतक गिरीले अध्यक्ष ओलीको प्रधानमन्त्री प्रचण्डसंग भएको भेटमा संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा छलफल भएको जानकारी सञ्चारकर्मीलाई दिए ।
तर दुबै नेताबीच शुक्रबार पनि कुनै सहमति हुन नसकेको बताईएको छ ।
नेताहरुबीच सहमति हुन नसक्दा संवैधानिक परिषद्को बैठक निष्कर्षमा पुग्न सकेको छैन् । जस्को कारण सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद पनि लामो समयदेखि रिक्त छ ।