इटहरीः नेपाल धितोपत्र बोर्डले नयाँ स्टक स्थापनाका लागि दश दिनको समय दिएकोमा हिमालयन स्टक एक्चेन्जले स्वीकृतीका लागि आवेदन दिएको छ ।
धितोपत्र बोर्डका अनुसार हिमालयन स्टक एक्सचेन्जले शुक्रबार आवेदन दिएको हो । सर्वोच्च अदालतले अर्को स्टक स्थापनाका लागि बाटो खोलिदिएपछि धितोपत्र बोर्डले आवेदन माग गरेको थियो जसअनुरुप हिमालयनको आवेदन आएको हो । बोर्डले दिएको समय आइतबार सकिँदैने भएपनि सार्वजनिक विदा भए अर्को दिनसम्म आवेदन दिन पाइन्छ । हालसम्म अर्को आवेदन परेको छैन ।
बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि१० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो । बस्तु विनिमय बजारको लागि भने कुनै आवेदन परेको छैन। त्यसको समय पनि आइतबारसम्म नै छ । उक्त दिन बिदा परे सोमबार सम्म आवेदन दिन सकिन्छ ।