काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का प्रमुख नेता तथा पार्टीका संयोजक धमेन्द्र बास्तोलाले नेत्रविक्रम चन्द (विप्लव) लाई बैचारिक रुपमा अस्पष्ट नेता भएको आरोप लगाएका छन् । 

शनिवार काठमाडौंमा १५४ औं लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा नेता बास्तोलाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छाड्नुको कारण विप्लवको चुनावप्रतिको दृष्टिकोण र बैचारिक अस्पष्टता भएको दावी गरेका छन् । 

विप्लवका लागि चुनाव के हो भन्दा पनि उनले हाम्रो खुसीको कुरा हो भन्नेमा महत्व दिएको आरोप बास्तोलाले लगाए । विप्लवले हिजो चुनाव बहिष्कार गर्ने र उपयोग पनि गर्ने कार्यनीति बताएकोले उनी अस्थिरता भएको प्रष्ट भएको आरोप पनि बास्तोलाको छ । 

विप्लवले क्रान्ति सम्भव नभएको बताएकोले उनका लागि भोलि कहिल्यै नआउने भन्दै तिक्तता पोखेका बास्तोलाले विप्लव राजनीतिमा कहिल्यै सफल हुन नसक्ने आरोप पनि लगाए । 


‘विप्लवका लागि चुनाव के हो भन्दा उनले हाम्रो खुसीको कुरा हो भने । उनका लागि चुनाव बहिस्कार गर्दा र उपयोग गर्दामा खासै ठूलो अन्तर छैन्, हाम्रो स्वादको कुरा हो भने । त्यो के भने खासमा बैचारिक अस्पष्टताको कुरा थियो । उनलाई उपयोग भनेको के हो त्यो पनि थाहा छैन्,बहिस्कार भनेको के हो पनि थाहा छैन् । उपयोग भनेको चुनावमा जानु,बहिस्कार भनेको नजानु त्यति मात्रै थाहा छ उनलाई ।’  बास्तोलाले भने । 

उनले च्ुानावको मानक, त्यस्को प्रभाव र सैद्धान्तिक एवं व्यवहारिक सबै कुरामा विप्लवलाई केही ज्ञान नभएको दाबी गरे ।  बास्तोलाले अघिल्ला घटनाबाट पाठ सिकेर आएकाले आफुहरु कहाँ जाने र के गर्ने भन्नेमा स्पस्ट भएको समेत जिकिर गरे । नेपाल न्युज बैंक