काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा विचार, सिद्धान्त र र आर्दशलाई भन्दा मान्छे सेन्टिमेन्टलाई र अराजकतलाई प्रश्रय दिने प्रवृत्ति बढिरहेको बताएका छन् । 

शनिबार नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभामा प्रधानमन्त्री प्रचण्डले लामो संघर्षबाट आएका पार्टीहरु र त्यसका नेताहरुमाथि धेरै तल उत्रिएर गाली गर्ने गरेको गुनासो गरे । 


उनले भने, ‘अहिले भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आर्दशलाई भन्दा मान्छे सेन्टिमेन्टलाई भावना र आवेग वा भनौ अराजकतालाई प्रश्रय दिने प्रवृत्ति देखिन्छ । यस्तो बेलामा बौद्धिक एवं वुद्धिजीवी समूहबाट हस्तक्षेप जरुरी छ । वैचारिक बहस चलाउन जरुरी छ । कहि न कहिँ लामो संघर्षबाट आएका पार्टीहरु र त्यसका नेताहरुमाथि धेरै तल उत्रिएर गाली गलौज गरेको देख्ने गरिन्छ ।’

उनले अहिले बैचारिक लेख रचनामा भन्दा बढि सामाजिक सञ्जालको प्रयोगले  क्षणिक उत्तेजना र आवेगमा ल्याई समाजलाई अराजकतिर लैजाने खतरा बढेको बताए । प्रधानमन्त्री प्रचण्डले आफू चाँडै भारत भ्रमणको तयारीमा जुटेको पनि बताए । नेपाल न्युज बैंक