इटहरीः  विद्युतीय मोटरसाइकल यात्रीको अनुमति रोकिएको समाचार बाहिर आएपछि अनुसन्धान अभियान्ता महावीर पुनले वृहत जनआन्दोलनको आव्हान गरेका छन् । 

नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्री एउटा उदाहरण मात्रै भएको त्यस्ता थुपै्र उदाहरण नेपालमा उत्पादन भएको भन्दै आविस्कार केन्द्रका सञ्चालक एंव म्यागसेसे पुरस्कार विजेता पुनले अव वृहत जन आन्दोलनको आवश्यकता रहेको औल्याएका हुन । 

‘अनुसन्धान, नबप्रर्बदन र आविष्कारको लागी बृहत जन आन्दोलन सुरु गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्री लाई सरकारबाट अनुमति दिलाऔं । ’ पुनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

339944614_1304100280177514_1657431636729904185_n 1

काठमाडौँ उपत्यका बाट हुने आन्दोलनको नेतृत्व आफुले गर्ने समेत पुनको उद्घोष छ । बृहत आन्दोलन सुरु गरौँ त्यसको नेतृत्व मैले गर्ने छु । ‘अनुसन्धान र नबप्रबर्तन पर्ती गण्डकी प्रदेश सरकारले मलाई र संघीय सरकारले  यात्री मोटर साइकल टिमलाई गरेको अपमानजनक ब्याबहारले मलाई शिकारीले घाइते पारेको बाघ जस्तै बनाएको छ । मर्नु नै परे पछि खुट्टा तानेर नै मर्ने नि ’ पुनले भनेका छन् ।  पहिला आन्दोलन गर्ने र वार्ता पछि गर्दै गर्ने उनको भनाई छ । 

‘लु अब युबाहरु उठौं र आन्दोलनको तयारी गरौँ । आन्दोलन ब्यबस्थापनमा काम गर्न चाहनेहरुको फेसबुक, भाइबर, व्हाटसप, ट्वीटर, इन्स्टाग्राम एकाउन्ट बनाएर अगाडि बढ्नु पर्छ । यो कुनै राजनैतिक आन्दोलन होइन तर राजनैतिक पार्टीहरुले भाग लिन सक्ने छन । ’ उनले फेसबुक स्टाटसमा  लेखेका छन् ।