काठमाडौंः नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरु संशोधन गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउने निर्णय भएको छ । 

सोमबार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरोकारवाला निकायहरुसँग गरेको छलफलपछि प्रधानमन्त्री कार्यालयले सो निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

nirnaye

प्रधानमन्त्रीको सचिवालयले भनेको छ ‘सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समस्या हल गर्न निर्देशन दिएका छन् ।’

नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषदमा पेश गर्ने व्यवस्था मिलाउने निर्णय भएको बताइएको छ। नेपाल न्युज बैंक