इटहरीः तनहूँमा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले ३४ हजार ९ सय १८ मत प्राप्त गरि विजयी भएका हुन । 

उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा सिमित भएका छन् ।उनले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । उनि नेपाल प्रहरीका पूर्व आइजिपी पनि हुन् । 

यता चितवनमा रास्वपाकै रवि लामिछानेको विजय निश्चित जस्तो भईसकेको छ । गन्न बाँकी मत भन्दा बढी मतान्तरले उनि अगाडि छन् ।  चितवन २ को पछिल्लो मत परिणम अनुसार रवि लामिछानेले्  ३६१५८मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका  जितनारायण श्रेष्ठः ७१४८ मत र नेकपा एमालेः रामप्रसाद न्यौपानेले ६६५१ मत मात्र पाएका छन् ।