इटहरीः चितवन निर्वाचन क्षेत्र नम्बर २ का भएको उपनिर्वाचनमा रास्वपाका केन्द्रिय अध्यक्ष रवि लामिछाने भारी मतान्तर विजयी हुने निश्चित नै भएको छ । 

६० हजार ६ सय ७३ मत गनिसक्दा लामिछानेले ४५८४२ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा १० बैशाखमा सम्पन्न उप निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो । कांग्रेसका जित नारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत प्राप्त गरेका छन् । एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत मात्र प्राप्त गरेका छन् ।