काठमाडौंः  नेपाली कांँग्रेसका सांसद धनराज गुरूङले नेपालको अर्थतन्त्रलाई चलायमान राख्न बाँदर निर्यात गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले श्रील)कको उदाहरण दिँदै बाँदर निर्यात गर्न सकिने बताएका हुन् । 

‘हाम्रा गाउँ–गाउँमा बाँदर आतंक छ । किसानले लगाएको बाली टिप्ने बेला बाँदरको हुलले लैजान्छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?  बाँदर निर्यात गर्दा ठिकै हुन्छजस्तो मलाई लाग्छ,’ सांसद गुरुङले भने । 

गाउँघरमा बाँदर आतंक फैलिएको, किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरले खाइदिने गरेको भन्दै उनले त्यसलाई निर्यात गर्दा मुलुकलाई फाइदा हुने बताए ।