काठमाडौंः  मिटर व्याज पीडितहरुको आन्दोलन आज २३ औं दिनमा प्रवेश गरेको छ । सरकारलाई पेश गरेको ६ बुदेँ माग सम्बोधन नभएसम्म जति दिन विते पनि आन्दोलन जारी रहने पीडितहरुको भनाइ छ । 

मिटर व्याज पीडित मदन अर्यालले मिटर व्याजको समस्या समाधान गर्नको लागि सरकारले गठन गरेको छानबिन आयोग मात्र पर्याप्त नभएको बताएका छन् । 

उनले सरकारले गठन गरेको आयोगसँग धेरै चरणमा वार्ता भएपनि आफुहरुको माग सम्बोधन हुने देखेपछि वार्ता टुङ्ग्याउने गरेको आरोप लगाए । 

अर्यालले भने ‘ सरकारले छानबिन आयोग त बनाएको छ तर त्यसले मात्र काम गरेर केही हुदैँन् । यसको लागि कार्यान्वयन गर्न सक्ने आयोगको आवश्यकता पर्छ । हामीले ५, ६ चरणमा वार्ता गरेपनि उनिहरुले हामीले राखेको मागलाई कानूनी, राजनीतिक र प्रशासनिक मागमा विभाजन गरेर प्रशासनिक माग मात्र पूरा गर्न सक्ने प्रतिक्रिया दिएको थियो । हाम्रो मागको विषयमा लिखित रुपमा नदिएपछि, हामीले वार्ताको फाईदा नहुने देखेर हामी माथि नै छलफल गर्न तयार छौ । ’  उनले आफुहरुको माग पूरा नभएसम्म फर्किएर नजाने भन्दै राज्यले यसलाई यसलाई गम्भीर रुपमा हेर्नुपर्ने बताए ।