काठमाडौंः पुर्ब मन्त्री एंब संसद शेरबहादुर कुवरले बिकट गाउँको बिकास नभए देशको बिकास नहुने भएकोले गाउँ बस्तिको बिकास निर्माणका काम गर्न सरकार लागि परेको बताएका छन  ।

अछाम जिल्ला क्षेत्र नम्बर १ का  संसद एंब नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय सदस्य शेरबहादुर कुवरले अछाम जिल्ला साफेबगर नगरपालिका र बान्निगढी जयगढ गाउँ पालिकामा भएको भेटघाट तथा अन्तरक्रियाको क्रममा सो कुरा बताएका हुन । 

संसद शेरबहादुर कुवरले साफेबगर बाट  बुढाकोट हुँदै खप्तड जाने सडकको अनुगमन गर्दै निर्माण कार्यमा ढिलासुस्ती नगरी छिटोछरितो गुणस्तरीय सडक निर्माण गर्न सम्बन्धित  पक्षलाई अनुरोध गर्दै स्थानीय जनप्रतिनिधिले पनि सडक लगाएतका भौतिक पुर्वाधारको बिकासका काममा समय समयमा अनुगमन गरि  महत्त्वपूर्ण भुमिका निभाउन आग्रह गरे ।

साफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटको वडा कार्यालयले गरेको स्वागत तथा  सम्मान कार्यक्रममा बोल्दै संसद कुवरले जनप्रतिनिधि जनताका सेवक भएकोले जनगुनासोको  राम्रोसँग सुनुवाइ गरेर काम गर्नु पर्ने बताए ।

संसद कुवरले  बुढाकोट माध्यमिक बिधालयको अनुगमन गर्ने क्रममा शैक्षिक क्षेत्रको बिकास बिना समाज परिवर्तनको कल्पना समेत गर्न नसकिने भएकोले संघ,प्रदेश र स्थानीय सरकारले शिक्षा क्षेत्रमा लगानी वृद्धि गरिरहेको बताए ।

नेकपा (एकीकृत समाजबादी)का केन्द्रिय सदस्य एंब संसद शेरबहादुर कुवरले साफेबगर नगरपालिका र बान्निगढी जयगढ गाउँ पालिकाका पार्टीका बैठकमा समेत भाग लिएका थिए ।