काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशनी कार्कीले जनताको ईच्छा विपरित देशमा धर्म निरपेक्षता ल्याएको दाबी गरेकी छिन् । 

राष्ट्रिय प्रजतिान्त्रिक महिला संगठन ललितपुर महानगर कार्य समिति ललितपुुर महानगर अधिवेशन कार्यक्रममा सांसद कार्कीले राजसंथा देशको लागि अपरिहार्य रहेको पनि बताइन् । 

उनले भनिन्,‘राजसंथा हाम्रो लागि अपरिहार्य छ । मूलुकको लागि भएपनि राजसंस्था चाहिन्छ । अहिले राजतन्त्र नभएर देश गतिहीन भएको छ । देश दलदलमा गईरहेको छ । हिन्दू राष्ट्र नेपालीहरुले चाहेका थिएनन् । केहि विदेशी शक्तिको आडमा नेताले देशलाई धर्म निरपेक्षता बनाइदिए ।’  उनले संघीयता भ्रष्टाचारको लागि ल्याइएको आरोप लगाउँदै यसको खारेजीको अभियानमा जुट्न सबैलाई आग्रह गरिन् ।