काठमाडौंः मिटर व्याज पीडितहरूको आन्दोलन आज २५ औं दिनमा प्रवेश गरेको छ । सरकारलाई पेश गरेको ६ बुदेँ माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पीडितहरूको भनाइ छ । 

मिटर व्याज पीडित सीता कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले मिटर व्याजको समस्या समाधान गर्ने विश्वास रहेको बताइन् । कोइरालाले अन्य नेताहरुलाई तुच्छ गाली गर्दै लामिछानेले मात्र समस्याको समाधान गर्ने बताइन् । 

उनले भनिन्,‘ हाम्रो समस्या अब समाधान हुने विश्वास छ । रवि लामिछानेले जितेका छ्न । अरु नेताले केही गर्न सक्दैनन् । अब हाम्रो समस्या रास्वपा सभापति लामिछानेले मिलाउनु हुन्छ । ’  उनले आफुहरुको माग पूरा नभएसम्म गाउँ फर्किएर नजाने पनि बताइन्  ।  नेपाल न्युज बैंक