काठमाडौंः नेकपा एमालेका संसद् रघुजी पन्तले घण्टी बज्यो भनेर नआत्तिन आग्रह गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित मिसन ग्रासरुट जिल्ला स्तरीय समीक्षा तथा विस्तारित बैठकमा उनले सक्षम युवाहरूलाई एमालेले ल्याउन सक्यो भने घण्टीलाई खोसेर मिल्काइदिने सक्ने टिप्पणी गरे । 

उनले भने ‘घण्टी बज्यो घण्टी बज्यो भनेर हामी आत्तिनु पर्ने अवस्था छैन् । ऊर्जावान् र सक्षम चरित्र भएका युवाहरूलाई पार्टीमा ल्यायौं भने घण्टीलाई खोसेर मिल्काइदिन नि सक्छौँ । र एमालेको घण्टी बजाउन सक्छौँ ।’

युवालाई पार्टीमा ल्याउन नसकेमा एमाले कमजोर भएर जाने उनको भनाई छ । त्यसलाई नियन्त्रण गरेर अगाडि बढ्नेु पर्ने उनको भनाई छ ।  एमालेलाई दीर्घकालीन रुपमा टिकाउने काम गर्नु पर्ने र नयाँ पुस्तामा जान आवश्यक भएको उनको भनाई छ ।