काठमाडौंः कपनको सरस्वतीनगरस्थित  भाँडा पसल सञ्चालक नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने विदोक बिक रहेको प्रहरीको भनाई छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार हत्या अभियोगमा झापाबाट बिक  पक्राउ परेका हुन् । तर, प्रहरीले पक्राउ अभियुक्तको नाम भने सार्वजनिक गरेको छैन । अनुसन्धानकै क्रममा रहेको हुँदा अभियुक्तको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाई छ । 

अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतले भने,‘निरा हत्या अभियोगमा एक जना झापाबाट पक्राउ परेका छन् । अनुसन्धान बाँकी छ । पक्राउ विरुद्ध अहिले सोधपुछ चलिरहेको छ । प्रमाणित नभईसकेको हुँदा नाम सार्वजनिक नगरिएको हो ।’

निरा हत्या अनुुसन्धानका लागि प्रहरीले एआईजी किरण बज्रचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ । सोही समितिले हत्यामा संलग्न भएको अभियोगमा एक अभियुक्तलाई झापाबाट पक्राउ गरेको हो । निरा हत्यामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पनि  संलग्न रहेका छन् । यसक्रममा प्रहरीले १० जनालाई सोधपुछका लागि पक्राउ गरिसकेको छ । तर, आवश्यक प्रमाण नहुँदा उनीहरुलाई प्रहरीले छाडिसकेको छ । 

गत ७ बैशाखमा निराको चक्कु प्रहार गरी हत्या भएको थियो । दिउँसो ३ बजे निरो भाँडा पसलस्थित काउन्टर नजिकै अचेत अवस्थामा फेला परेकी थिइन् । शरिरभरी चुक्कु प्रहार गरिएका चोट देखिन्छ । रगतमा लतपतिएकी उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पालले उनलाई मृत घोषणा गरेको थियो । निराको शरिरमा चक्कु प्रहरा गरिएका २० भन्दा बढी चोकट रहेको पोष्टमार्ट रिपोर्टले देखाएको छ ।