सत्तारुढ पार्टीका कार्यकर्ताले आफुविरुद्ध उदण्डता मच्चाएः अध्यक्ष ओली
काठमाडौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा भएका पार्टीका कार्यकर्ताले आफ्नाविरुद्ध हरेक ठाउँमा ढुंगा हानेर बाटो छेक्दै उदण्डता मच्चाएको आरोप लगाएका छन् ।
आईतबार अखिल नेपाल किसान महासंघको ७३ औ स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओलीले अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा जस्ता अराजक गतिविधि गरि उदण्डतामा लागेको टिप्पणी गरे ।
उनले भने , सत्तामा हुने पार्र्टीका कार्यकर्ता आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकता मच्चाउदा पनि सरकार चुप लागेको छ । ’
राजतन्त्र भनेको कि स्वार्र्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन’, ओलीको भनाइ थियो । उनले झापा र तेह्रथुम लगायतका स्थानमा आफु जाँदा आक्रमण गर्नेहरु पनि पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दावी गरे ।
कार्यक्रममा जाँदै गर्दा केही गुण्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे’, ओलीको भनाइ थियो ।
त्यस्तै उनले नेपालमा ६० प्रतिशत मानिस कृषिमा आधारित रहेको भन्दै पदमा नभई काममा प्रतिस्पर्धा गर्नु पर्ने आग्रह गरे । किसानको अगुवा काम, विचार र संगठन र पर्दा आन्दोलन गर्न सक्ने हुनुपर्ने तर्क गर्दै उनले बर्तमान अवस्थामा सहकारी अनुशासनमा नबसेकाले डुवेका धारणा पनि राखे ।