अस्ट्रेलियाः अस्ट्रेलियामा २०२३ को दोस्रो संस्करणको फ्रेन्डसिप क्रिकेट कपको उपाधि एभरेष्ट ग्लाडिएटर्स क्रिकेट क्लबले जितेको छ । 

फाइनल खेलमा एभरेष्ट ग्लाडिएटर्सले युवालाई ५ विकेटले पराजित गदै दोस्रो संस्करणको फ्रेन्डसिप क्रिकेट कप को उपाधि जितेको हो । 

युवाले दिएको १२८ रनको लक्ष्य पछ्याएको एभरेष्ट ग्लाडिएटर्सले ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । 

एभरेष्ट ग्लाडिएटर्सले जित निकाल्न सौगात दाहालले ३४, शेखर गिरीलेले २७ र सुरज श्रेष्ठले १५ बलमा ३० रन जोडेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको युवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । जसका लागि सुनिल विष्टले २२ र ईश्वर अधिकारीले २३ रनको योगदान गरे । 

बलिङतर्फ ग्लाडिएटर्सका सुरज श्रेष्ठले २ विकेट र अर्जुन, अर्पण, आयुस र सुरज पोखरेलले एक एक विकेट लिएका थिए । 

एभरेष्ट ग्लाडिएटर्सका सौगात दाहालले १३० रन बनाएर प्रतियोगिताको वेस्ट ब्याट्स म्यान बन्न सफल भएका छन् । र बलिङ तर्फ अर्जुन न्यौपाने ८ विकेट लिएर प्रतियोगिताको वेस्ट बलरको उपाधि जितेका छन् । त्यस्तै शेखर गिरीले प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको उपाधि जितेका छन् । 

अप्रिल ९ बाट सुरु भएको प्रतियोगितामा रोयल डाँफे क्रिकेट क्लब, युवा, माभेन स्वान्स क्रिकेट क्लब र एभरेष्ट ग्लाडिएटर्स क्रिकेट क्लबबिच प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता कोकर पार्क क्यानिङटनमा आयोजना गरिएको थियो । 

341781235_244142844943103_5759481411802704756_n

२०२२ को संस्करणमा भने रोयल डाँफे क्रिकेट क्लबले एभरेष्ट ग्लाडिएटर्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको थियो।

आयोजक एभरेष्ट ग्लाडिएटर्स क्रिकेट क्लबका अध्यक्ष शेखर घिमिरेका अनुसार विदेशमा रहेर पनि नेपाली नेपालीहरू बिचको सम्बन्धलाई थप प्रगाढ बनाउन फ्रेन्डसिप क्रिकेट कप आयोजना गरिएको बताए । प्रतियोगिता सबैको साथ र सहयोगले सफल भएको उनको भनाई छ । 

दोस्रो संस्करणको प्रतियोगितालाई टाइटल प्रायोजक एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेसले गरेको थियो । प्रायोजक एभरेस्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेजका अध्यक्ष याम केसीले प्रतियोगिता सफल भएको र आगामी वर्ष पनि यस्तै साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । विजयी टिमलाई केसीले बधाई समेत दिएका थिए । 

यस्तै समाजसेवी मनिस सिग्देलले पनि फ्रेन्डसिप क्रिकेट कपले नेपालीहरू बिच थप प्रगाढ सम्बन्ध बनाएको बताएका छन् ।प्रतियोगितालाई डिर्सन ड्राइभिङ स्कुल, साशा इन्टरटेनमेन्ट र मोमो प्लानेटले पनि सहयोग गरेको थियो ।