काठमाडौंः किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका ३३ बर्षीय श्रीराम घिमिरेले १३ औं दिनमा आमरण अनसन तोडेका छन् । आईतबार कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भूषालको हातबाट जुस खाएर अनसन तोडेका हुन् । 

वैशाख ५ गतेदेखि किसानका समस्या समाधान गर्न माग गर्दै आमरण अनसन बसेका युवा किसान श्रीराम घिमिरे र नेपाल सरकार कृषि तथा पुशपंछी विकास मन्त्रालयका सचिव डा.दीपकमार खरालको उपस्थितिमा मन्त्रालयका कृषि विभाग, पशु सेवा विभागका प्रतिनिधि र अनसनरत किसान श्रीराम घिमिरेसहितको ५ सदस्यीय प्रतिनिधिहरु बीच भएको पाँच बुद्दे सहमति पछि उनले अनसन तोडेका हुन् । 

यस्ता छन् सहमति भएका पाँच बुँदाहरु

१. किसानको वर्गीकरण गरी किसान परिचय पत्र किसान कार्ड दू्रतगतिमा उपलब्ध गराउने ।

.कुल बजेटमा १० प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउनका लागि कृषि विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गर्ने

३. किसान परिचयपत्रका आधारमा गरीब तथा साना किसानलाई मलखादमा २९ प्रतिशतसम्म र बजारमा बढीमा ५० प्रतिशतसम्म अनुदानलाई निरन्तरता दिने ।

४. किसान परिपत्रका आधारमा यातायात भाडामा ५० प्रतिशत छुट गर्नका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने ।

रु ३० लाख सम्मको परियोजना ऋणमा एक प्रतिशत व्याजदरमा उपलब्ध गराउन राष्ट्र बैंकलाई सिफारिस गर्ने ।

Photo (6) (1)