काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको कार्यन्वयनले श्रमिक वर्गको पक्षमा काम गर्ने आधार तयार गरेको बताएकी छिन् । 

विश्व श्रमिक दिवसमा शुभकामना सन्देश जारी गर्दै सञ्चारमन्त्री शर्माले संविधानमा नै मौलिक हकको व्यवस्था भएको हुँदा यसको कार्यान्वयनले श्रमिक वर्गको पक्षमा काम गर्ने आधार गरेको दाबी गरेकी छिन् ।  

विज्ञप्तीमा उनले मौलिक हकको कार्यन्वयन हुँदा श्रमिकका लागि शिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारी ग्यारेन्टि हुने बताएकी छिन् । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न पुँजी र श्रमको उचित संयोजन हुन आवश्यक रहेको उनको विज्ञप्तीमा उल्लेख छ । यसो हुन सके समृद्धि हालिस गर्ने संभावना फराकिलो बन्ने उनको भनाइ छ ।