काठमाडौँः  उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउको पुष्टि गर्दै अहिले पाण्डेलाई प्रहरी परिसर टेकुमा राखिएको बताए । 

प्रवक्ता कडायतले पक्राउ पुर्जी जारी भएपछि पाण्डे आफै प्रहरीको सम्पर्कमा आएको र उनलाई टेकु लगिएको पनि जानकारी दिए । 

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पाण्डे बुधबार दिउँसो काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका हुन् ।

p1

गृह मन्त्रालयका तत्कालीन सचिव पाण्डेलाई नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा मुछिएको आरोपमा काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । 

प्रहरीले उनलाई पक्राउ गर्न अदालतबाट बुधबार नै पक्राउ पुर्जी लिएको थियो । अहिले पाण्डेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।