काठमाडौंः नेकपा एमाले सचिव टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

बुधबार काठमाडौं प्रहरीले रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

यस्तै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पनि यही प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । 

यस अघि प्रहरीले मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई पक्राउ गरिसकेको छ भने ईन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।