काठमाडौंः नेकपा एमालेका नेता महेश वस्नेतले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका सबैलाई कारवाही गर्नु पर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नक्कली शरणार्थी प्रकरणमात्र नभई नक्कली लडाकु, बालुवाटार, वाइडबडी लगायत सबै प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
बस्नेतले लेखेका छन् ‘नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित छ । नक्कली लडाकु ,बालुवाटार, वाइडबडी लगायत सबै दोषीलाई कारवाही गर्न दलहरु एक हुनुपर्दछ । एमाले ,काँग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारवाही गर्नु पर्दछ ।’
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी र एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरूद्ध पक्राउ पुर्जी जारी भएसंगै बस्नेतले कयस्तो स्टाटस लेखेका हुन् ।