काठमाडौः सभामुख देवराज घिमिरेले सूचनाको हक जनाताको प्राण भएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने पनि उनले प्रष्ट पारे ।
सभामुख घिमिरेले भने ‘अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन । सरकारले गरेका कामकारवाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कायम गर्ने काम सूचनाको हकले गर्छ ।’
सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्ने उनको निष्कर्ष छ ।
त्यस्तै आयोगका अध्यक्ष महेन्द्रमान गुरूङले जनआन्दोलनपछिको उपलब्धि सूचनाको हकसम्बन्धि अवधारणा आएको र कानून कार्यान्वयन प्रभावकारी भएमा मात्र राज्यका काम कारबाही पारदर्शी हुने बताए ।