काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।
उनले भने ‘हामीले सरकारलाइै दिएको समर्थन फिर्ता लिएका छौं । प्रतिपक्षमा रहने हामीले निर्णय गरेका छौं ।’
पुस १० मा सरकारमा सहभागी हुँदा नीति तथा कार्यक्रम रास्वपाले भने बमोजिम विगतका जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने बुँदा हटाइएकोमा आफूहरुको असहमति रहेको बताए ।
उनले भने ‘सरकार जुन ढंगले अगाडि बढीरहेको छ त्यसलाई हामीले सर्मथन गर्नुपर्ने देखेनौं । ’
पुस १० मा सरकारमा सहभागी हुँदा रास्वपाले सरकारमा सहभागी नभए पनि विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको थियो । त्यस्तै राष्ट्रपति निर्वाचनमा पनि उसले सत्ता गठबन्धनलाई समर्थन गरेको थियो ।