काठमाडौंः नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दिपेश पुन पनि मुछिएका छन् । तर, ठोस प्रमाण फेला नपरेको हुँदा उनी विरुद्ध पक्राउ पुर्जी भने जारी भएको छैन । 

जिल्ला प्रहरी परिसर काठमााडौंका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ मध्ये सन्दीप रायमाझीले बयानका क्रममा दिपेशको नाम लिएका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बालद’का सुरक्षा सल्लाहकार इन्द्रजीत राईले पनि बयानका क्रममा दिपेशको नाम लिद्दएका छन् । तर, घटनालाई पुष्टि गर्ने ठोस प्रमाण भने फेला परेको छैन । 

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकृतले भने,‘दिपेश पुनको पनि नाम जोडिएर आएको छ । पक्राउ परेका मध्ये केहीले उनको नाम लिएका छन् । पक्राउ गर्न नाम मात्रै लिएर हुँदैन । त्यसलाई ‘जस्टिफाइ’ गर्ने प्रमाण पनि चाहियो । हालसम्म त्यस्तो प्रमाण फेला परिसकेको छैन । यद्यपी अनुसन्धान जारी छ । प्रमाण भेटिएको खण्डमा तत्काल पक्राउ गर्नेछौं ।’

प्रहरीका अनुसार नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा खासगरी दिपेशको नितीगत प्रकृया मिलाउने क्रममा सहभागिता देखिन्छ । बादलका सुरक्षा सल्लाहकार राईमार्फत उनले नितीगत प्रभावमा भुमिका खेलका थिए । यसक्रममा  उनले राईका छोरा निरज र बादलका छोरा प्रतिक थापामार्फत पनि नितीगत प्रभावमा भुमिएका खेलका थिए ।

निरज विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रतिक विरुद्धको अनुसन्धान भने जारी छ । प्रहरी स्रोतका अनुसार दिपेशले कतिपय पीडितसँग आफै डिल गरेका थिए । नक्लली भुटानी शरणार्थीको प्रमाण पत्र वितरणमा पीडितलाई आस्वस्थ पार्ने भुमिकामा समेत उनी संलग्न थिए ।  

घटनामा संलग्न भएको अभियोगमा हालसम्म प्रहरीेले गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजीत राई, एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप यही साता पक्राउ गरेको छ । त्यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ गरेका थियो ।

प्रहरीले पूर्वमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर र इन्द्रजीतका छोरा निरज विरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । उनीहरु हालसम्म फारर छन् । घटनामा पूर्वगृहमन्त्री बालकृण खाँण पनि मुछिएका छन् । तर, प्रहरीले उनी विरुद्ध पनि ठोस प्रमाण भने फेला पार्न सकेको छैन । घटनामा पक्राउ मध्ये पाण्डे उनकै पालामा गृहसचिव थिए । 

घटनामा हालसम्म २२ वटा उजुरी गरेका छन् । जसमा एक सय ६ पीडित छन् । उनीहरुबाट गिरोहका सदस्यले २३ करोड २५ लाख रुपैयाँ असुलेको उजुरी प्रहरी परिसर काठमाडौंमा परिसकेको छ ।  नेपाल न्युज बैंक