काठमाडौंः पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । 

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लाने गिरोहको एकपछि अर्को गर्दै पर्दाफाँस हुँदै गर्दा उनको पनि नाम गाँसिन पुगेको छ । यस प्रकरणमा मन्त्रालयको सचिव परिवर्तन गरी आफु अनुकुल व्यक्तिलाई ल्याएको एवं पक्राउ परेका धेरैसंग उठवस रहेको आरोप पनि उनीमाथि लगाइएको छ । 

Khad Bigyapti

तर शनिबार दिउँसो एक विज्ञप्ति जारी गर्दै पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता खाँणले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफु संलग्न नरहेको बताएका छन् । उनले आफ्नो चरित्रहत्या गर्ने काम नगर्न पनि विज्ञप्तिमार्फत नै आग्रह गरेका छन् ।