काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू कसैको दबाबमा नरोकिने अडान व्यक्त गरेका छन् । 

शनिबार सिंहदरबारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटेपछि उनले सञ्चारकर्मीहरुसँग नक्कली शरणार्थी प्रकरणमा आफु प्रक्रिया र कानूनअनुसार सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘रोकिदैन प्रक्रिया, पद्दति र ऐनअनुसार सरकार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट गइन्छ ।’

प्रधानमन्त्री दाहालले ओलीले अस्ति बिहीबार भएको भेट र आजको भेटमा एमालेका सचिव टोपबहादुर रायमाझीको विषयमा चासो देखाएको पनि जानकारी दिए । 

उनले भने, ‘ अस्ति पनि उहाँको कन्सर्न थियो । तर आफ्नो नेता बचाउ भनेर प्रधानमन्त्रीसँग भन्न सक्ने कुरा भएन । यो प्रकरणमा म दबाबमा पर्दिनँ ।’