भक्तपुरः जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनको दायित्व देशको राजनीति, आर्थिक, सामाजिक समस्याहरुलाई हल गरेर अगाडि बढ्नु भएको बताएका छन् ।
रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले गठबन्धन बनाउने भत्काउने कामले मुलुकलाई हित नगर्ने भन्दै यसमा भएका कमी कमजोरीहरुलाई सुधार गर्दै गठबन्धन बलियो बनाउने पक्षमा रहेको बताए ।
उनले भने, यही गठबन्धनलाई निरन्तर अगाडि बढाउने पक्षमा हामी छौ, १० वटा गठबन्धन बनाउने भत्काउने गर्दा यसले मुलुकलाई हित गर्दैन् । कमी कमजोरी छ भने सुधार गर्दै जाने हो । ५ दलीय गठबन्धनको दायित्व अबको मुलुकलाई राजनीति, आर्थिक, सामाजिक समस्याहरुलाई हल गरेर अगाडि लानुपर्ने हो । सुशासन र विकासलाई अघि बढाउनुपर्छ । त्यसको लागि अहिलेको गठबन्धनलाई बलियो बनाउनु पर्छ । ’
अध्यक्ष यादवले समर्थन फिर्ता लिएका दल पाँच दलीय गठबन्धनभित्र नपर्ने भन्दै समर्थन गरे पनि नगरे पनि केही अर्थ नराख्ने बताए ।
उनले वर्तमान राजनीतिमा आएको परिवर्तनको आधारमा सबै दलका नेताहरु चोर भन्न नहुने भन्दै राजनीतिमा भएका नेताहरु देश, जनता र लोकतन्त्रका लागि लडेका नेताहरु भएको बताए ।
उनले भने, नेपालको राजनीतिमा भएका नेताहरु देश, जनता र लोकतन्त्रका लागि लडेका नेताहरु हुन् । विगतमा ऐतिहासिक भूमिका छ । अहिले अलि अलि विकृति पनि आएको छ । तर त्यो देखेर सबै नेता चोर हुन् । दलहरु काम लाग्दैनन्, भन्ने कुरा सँग म सहमत छैन्, दलको नेता भयो भन्दैमा अपराध गर्ने लाइसेन्स त पाएको होईन् नि त्यसकारणले अपराध गर्नेलाई कानूनको दायरामा ल्याउनु पर्छ । त्यो दलभित्रको होस् वा दल बाहिरको होस् । ’
यादवले भन्सारमा धेरै चुहावट हुने गरेको भन्दै यसलाई व्यवस्थित गर्न आवश्यक अध्ययन गरेर वित्तीय नीतिलाई परिवर्तन गर्नुपर्ने बताए ।
नेपालको बैंकमा पैसा नभए पनि नेपाली जनतासँग पैसा भएको त्यसलाई वित्तिय संस्थाहरु मार्फत उत्पादनमूलक कार्यमा ल्याउने विषयमा नीतिगत रुपमा अगाडि बढ्नु पर्ने बताए । नेपाल न्यूज बैंक