काठमाडौंः नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।
आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्यतिबेलाको सरकारको नेतृत्व गरेका ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
उनले भने ‘तत्कालीन गृहसचिवले समेत नेपालीलाई भुटानी बनाउन खोजिएको विषय स्वीकार गरिसकेको अवस्था छ । तत्कालीन समयमा मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीको नामसमेत मुछिन थालिएको छ र स्वीकार गर्ने क्रम जारी छ । मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यमा लागेको छ । त्यतिबेलाको प्रधानमन्त्रीलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ, । ’ उनले सबैलाई कारबाहीको दायरामा ल्याएमा मात्र भ्रष्टाचारीको असली चेहेरा देख्न पाईने बताए ।