काठमाडौंः  राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष एवं सांसद पशुपति शमशेर जबराले वर्तमान सरकार अत्यन्त अपठ्यारो अवस्थामा उभिएको टिप्पणी गरेका छन् । 

आईतबार काठमाडौंमा आयोेजित राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय महाधिवेशनको समुद्घाटन समारोहमा बोल्दै सांसद जबराले सरकार अस्थिर भएको र कहाँ जाने के हुने केही भन्न नसक्ने अवस्थामा रहेको बताए । 

उनले भने ‘हामी अत्यन्त अपठ्यारो अवस्थामा छौं । मुलुकको सरकार कहाँ जाने के गर्ने कसैलाई थाहा छैन् । तुलबुल अवस्था छ । कति वेला के हुन्छ भनेर भन्नै नसक्ने अवस्था छ । यस्तो वेला ढुक्क हुने आधार भनेको महिला संगठन बलियो छ । ’मुलुकमाथि जे आईलागे पनि आफुहरु त्यस्को समाना गर्न तयार भएको पनि उनको भनाइ छ ।